फराकिलो जितसँगै एट्लेटिको दोस्रो स्थानमा उक्लीयो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १२, मंगलबार

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले फराकिलो जित दर्ता गरेको छ ।
गएराति भएको खेलमा एट्लेटिकोले रायो भालेकानो माथि ७–० को सानदार जित दर्ता गरेको हो ।
भालेकानोको घरेलु मैदानमा स्टेडियो डि भालेकासमा भएको खेलमा एट्लेकोलाई जित दिलाउन एल्भारो मोरटाले २ तथा एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, नाहुयल मालिना, एन्जल कोरेया र मार्कोस लोरेन्टले समान १/१ गोल गरेका थिए ।
जितसँगै एट्लेटिको तीन खेलबाट सात अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।
भालाकानो ६ अंक सहित आठौं स्थानमा रहेको छ ।
पहिलो स्थानको रियल मड्रिडको नौ अंक छ ।
Categorized in स्पाेर्ट्स