इन्टरलाई हराउँदै एट्लेटिको क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० चैत्र १, बिहिबार

स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै एट्लेटिको अन्तिम ८ मा प्रवेश गरेको हो ।
पहिलो लेगको खेलमा १–० ले अगाडि रहेको इन्टर दोस्रो लेगको खेलमा २–१ ले पराजित हुँदा खेल २–२ को बराबरीमा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
जसमा एट्लेटिकोले इन्टरलाई ३–२ गोलले हरायो । बुधबार भएको दोस्रो लेगको खेलमा अग्रता इन्टरले ३३ औं मिनेटमा डिमार्कोको गोलबाट लिएको थियो ।
त्यसको दुई मिनेटमै एन्टोनियो ग्रिजम्यानले एट्लेटिकोका लागि बराबरी गोल गरे । खेल सकिन तीन मिनेट अघि डिपेले एट्लेटिकोका लागि गोल गर्दै खेललाई अतिरिक्त समयमा गएको थिए ।
अतिरिक्त समयको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा एट्लेटिकोले बाजि मार्यो ।
टाईब्रेकरमा लौटारो मार्टिनेजको प्रहार आकाशिएको थियो भने जान ओब्लाकले एलेक्सिस सान्चेज र डेवी क्यासेनको पेनाल्टी एटलेटिकोका गोलकिपरले छेकेको थियो ।
च्याम्पियन्स लिग क्वाटरफाइनल ड्र १५ मार्चमा हुनेछ ।
Categorized in स्पाेर्ट्स