म्याक्सवेलको कीर्तीमानी ब्याटिङसँगै अष्ट्रेलिया सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २२, बुधबार

अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तान विरुद्ध तीन विकेटको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा अफगानिस्तानले प्रस्तुत गरेको २ सय ९२ रनको लक्ष्यलाई अस्ट्रेलियाले ७ विकेटको क्षतीमा १९ बल बाँकी रहँदै पुरा गर्यो ।
अष्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले दोहोरो शतकीय प्रहार गर्दै शानदार प्रदर्शन गरे । उनले १ सय २८ बलमा २१ चौका र १० छक्का प्रहार गर्दै अविजित २ सय १ रन बनाए ।
जारी विश्वकपमा यो पहिलो दोहोरो शतक हो भने अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो ।
योसँगै म्याक्सवेल विश्वकपमा दोहोरो शतक प्रहार गर्ने तेस्रो व्यक्ति हो ।
यसअघि सन् २०१५को विश्वकपमा मार्टिन गुप्तीलले वेस्ट इन्डीज विरुद्ध अजिवित २ सय ३७ बनाएका थिए । यस्तै सन् २०१५ कै विश्वकपमा क्रिस गेलले जिम्बाबे विरुद्ध २ सय १५ रन बनाएका थिए ।
अष्ट्रेलियाको लागि खातामा मिचेल मार्सले २४, ओपनर डेविड वार्नरले १८ र मार्नुस लाबुसचेग्नले १४ रन जोड्डा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अष्ट्रेलियाले जम्मा ९१ रनमा पुग्दा नै सात विकेट गुमाइ सकेका थिए ।
तर म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अष्ट्रेलियाको जित सम्भव भयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आठौँ विकेटका लागि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।
अफगानिस्तानका नवीन उल हक, अज्मतुल्लाह ओमरजाई र राशिद खानले समान दुई दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २ सय ९१ रनको योगफल तयार पारेका थियो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले १ सय २९ रनको अविजित शतकीय इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले १ सय ४३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।
राशिद खानले ३५, रहमत साहले ३०, हस्मतुल्लाह साहिदीले २६, अज्मतुल्लाह ओमरजाईले २२ र रहमनुल्लाह गुर्बजले २१ रन जोडे ।
अष्ट्रेलियाका जश हेजलउडले २ विकेट लिँदा मिचेल स्टार्क, एडम जाम्पा र ग्लेन म्याक्सवेलले समान ११ विकेट लिए ।
यो जितसँगै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
अष्ट्रेलियाले आठ खेलबाट १२ अंक जोड्डै अष्ट्रेलिया तालिकाको तेस्रो स्थानमा छ ।
पराजित अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कमजोर बनेको छ । समान खेलबाट आठ अंक जोडेको अफगानिस्तान तालिकाको छैटौँ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स