arin enterprises

विश्वकपका लागि अष्ट्रेलियाको प्रारम्भिक टोलीको घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २३, मंगलबार

अष्ट्रेलियाले आइसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

यसै वर्ष भारतमा हुने विश्वकपको लागि अष्ट्रेलियाले प्याट कमिन्सको कप्तानीमा १८ सदस्यको प्रारम्भिक टोली घोषण गरेको हो ।

भारतसँगको एकदिवसीय सिरिज पछि अष्ट्रेलियाको अन्तिम टोलीको घोषणा हुनेछ ।

लेग स्पिनर तनवीर सांघा र अलराउण्डर आरोन हार्डीलाई पहिलो पटक टोलीमा परेको छ ।

यस्तै टेस्ट क्रिकेटका स्टार मार्नस लाबुशेन भने अष्ट्रेलियाको विश्वकप टोलीमा नरहने भएका छन् ।

अष्ट्रेलियाको प्रारम्भिक टोली

प्याट कमिन्स (कप्तान), सन एबोट, एस्टन एगर, एलेक्स केरी, नाथन एलिस, क्यामरुन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, तनवीर सांघा, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा

Categorized in स्पाेर्ट्स