अष्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय श्रृंखला
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ९, बिहिबार

अष्ट्रेलियाले भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय श्रृंखला जितेको छ । बुधबार भएको तेस्रो खेलमा २१ रनले खेल जित्दै अष्ट्रेलियाले श्रृंखला २–१ ले जितेको हो ।
पहिलो खेल गुमाएको अष्ट्रेलियाले दोस्रो र तेस्रो खेलमा घरेलु टोली भारतलाई हराउँदै श्रृंखला २–१ ले आफ्नो पक्षमा पारे ।
भारतको चेन्नाईमा सम्पन्न खेलमा अष्ट्रेलियाले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर १ बलमा २ सय ४८ रन मात्र बनाएर अलआउट भयो ।
भारतका लागि विराट कोहलीले ५४, हार्दिक पान्ड्याले ४०, शुभमन गिलले ३७, केएल राहुलले ३२ तथा कप्तान रोहित शर्माले ३० रन बनाए ।
बलिंग तर्फ अष्ट्रेलियाका लागि एडम जाम्पाले ४, एस्टन अगरले २ तथा सेन एबट र मार्कुस स्टोईनसले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलिया २ सय ६९ रन बनाउँदै ४९ ओभरमा अलआउट भयो ।
अष्ट्रेलियाका लागि मिचेल मार्शले ४७, एलेक्स क्यारीले ३८, ट्राभिस हेडले ३३, मार्नुस लाबुस्चानेले २८, सेन एबटले २६ तथा मार्कुस स्टोईनसले २५, डेविड वार्नरले २३ तथा एस्टन अगरले १७ रन बनाए ।
बलिंगमा भारतका लागि हार्दिक पान्ड्या र कुलदिप यादवले समान ३÷३ तथा अक्षर पटेल र मोहम्मद सिराजले समान २÷२ विकेट लिए ।
यो जितसँगै अष्ट्रेलिया एक दिवसिय क्रिकेट वरियताको शिर्ष स्थानमा उक्लिएको छ ।
भारत विरुद्धको श्रृंखला जितेसँगै अष्ट्रेलियाले वरियतामा पनि भारतलाई नैं उछिनेको हो ।
Categorized in स्पाेर्ट्स