अन्वेषक डा. साफल्य अमात्यको निधन
SamacharDesk – बिजयरत्न | २०७८ जेठ १, शनिबार

नेपालको संस्कृति, सभ्यताको विषयमा विभिन्न गहन अनुसन्धानमा योगदान दिने अन्वेषक संस्कृतविद् डा. साफल्य अमात्यको निधन भएको छ ।
कोभिड १९ को संक्रमणका कारण उनको गत बिहिबार निधन भएको हो । कोभिड संक्रमण भएपछि काठमाडौंको वीर अस्पतालमा उपचाररत उनको सोही अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
वि.सं. १९९९ सालमा काठमाडौंको ओमबहाल जन्मिनुभएका अमात्य पुरातत्व विभागका पूर्वमहानिर्देशकसमेत थिए ।
उनले नेपाली संस्कृति, सभ्यता र कलासँग सम्वन्धित विषयमा विभिन्न पुस्तकको साथमा कार्यपत्रहरु लेखेका छन् ।
अमात्यले मोनुमेन्टस् कन्जरभेसेन इन नेपाल, आर्ट एन्ड कल्चर अफ नेपाल, आर्कियोलोजिकल एन्ड कल्चरल हेरिटेजेज अफ काठमाडौं भ्याली, बागमती सभ्यता उद्भव व विकास लगायतका पुस्तकहरु लेख्नुभएको छ ।
Categorized in समाज