arin enterprises

बझाङ भुकम्पमा एकको मृत्यु, सयौं संरचना ध्वस्त

SamacharDesk | २०८० आश्विन १७, बुधबार

बझाङको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ ।

मंगलबार बझाङको चैनपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ३ रेक्टर स्केलको भूकम्पले दर्जनौ घरहरुमा क्षति पुर्‍याएको छ ।

ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । उनको भूकम्पपछि गएको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै भूकम्पबाट ११ जना घाइते भएका छन् । दुई जना उपचारपछि घर फर्किएका छन् भने नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही ठाउँकी प्रमिला जोशी, खप्तडछान्ना गाउँपालिका–७ की १८ वर्षीया सुनिता रोकाया, जयपृथ्वी नगरपालिका–७ का तीन वर्षीय नितिक बोहारा, सोही ठाउँकी एलिसा बम, मष्टा–३ की १५ वर्षीया आँसु रोकाया, मष्टा–१ की १३ वर्षीया सविता रोकाया, सोही ठाउँकी ३६ वर्षीया शान्तिदेवी थापा, दुर्गाथली गाउँपालिका–६ का २३ वर्षीय अम्मर जाग्री, तलकोट गाउँपालिका–३ का १८ वर्षीय कमल कडाल र जयपृथ्वी नगरपालिका–१० की २० वर्षीया रमा परियार रहेका छन् ।

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ ।

Categorized in राष्ट्रिय