arin enterprises

काँग्रेस बझाङका सभापति जीप दुर्घटनामा, छोराको मृत्यु

SamacharDesk | २०७९ बैशाख ४, आइतबार

बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१(००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका(४ देउलेख बजार नजिकै दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

जीप दुर्घटनामा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहराका बर्ष २७ का माइला छोरा विनोद बोहराको घटना स्थलमै मृत्यु भएको छ । पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् ।

दुर्घटनामा सभापति बोहोरा, उनकी १९ बर्षिया बुहारी अन्जुदेवी बोहरा, २५ बर्षका कान्छा छोरा पारस बहादुर बोहरा तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहरा घाइते भएको छन् ।

उनीहरुको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाईते मध्ये अन्जुको अवस्था गम्भीर रहेको छ ।

Categorized in समाज