arin enterprises

संस्कृतिकाे माध्यमबाट स्थानीयकाे जीवनस्तर उकास्न सकिने बज्राचार्यकाे विचार

SamacharDesk – बिराज | २०८१ पौष २६, शुक्रबार

वागमति प्रदेश सभासद् साथै पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्यले संस्कृति, सम्पदाको संरक्षणमा लाग्नको लागि युवा पुस्तालाई आह्वान गरेका छन् ।

दक्षिणकालीमा आयोजित एक कार्यक्रमका बीच बोल्दै सभासद् बज्राचार्यले स्थानीय संस्कृति सम्पदालाई आर्थिक पक्षसँग पनि जोड्दै स्थानीयको जीवनस्तर उकास्न युवा पुस्ता लाग्नुपर्नेमा जोड दिए ।

‘हाम्रो संस्कृति सम्पदा हाम्रो पहिचान मात्र नभई, स्थानीयको जीवन स्तर उकास्ने आर्थिक पक्ष पनि हो । त्यसैले यसको संरक्षण सम्वर्ध्दनमा युवा पुस्ता अघि बढ्नु जरुरी छ’ बज्राचार्यको भनाई हो ।

काठमाडौं दरवार स्क्वाएर पर्यटन प्रबर्ध्दन संघले संघको वार्षिक साधारण सभाको आयोजना गरेको थियो । साधारण सभाले दिनेश सुवालको अध्यक्षतामा १० सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।

सर्वसम्मत चयन भएको संघको नयाँ कार्यसमितिमा उपाध्यक्षमा किरण बहादुर श्रेष्ठ छन् भने महासचिवको जिम्मेवारी पुरुषोत्तम डंगोलले पाएका छन् ।

सचिवमा रन्जन लाल श्रेष्ठ र कोषाध्यक्षमा संजयमान श्रेष्ठ चयन भए । त्यसैगरी दिपक मर्हजन, सुरेश प्रसाद श्रेष्ठ, बसन्त श्रेष्ठ र बाल कृष्ण महर्जन सदस्य चुनिएका छन् ।

कार्य समितिमा निर्विरोध निर्वाचित पदाधिकारी र सदस्यहरुलाई संस्थाका सल्लाहकार समेत रहेका बागमति प्रदेश सभासद् बज्राचार्यले खादा ओढाए भने प्रमाणपत्र अधिवक्ता ऋषिराम न्यौपानेले प्रदान गरे । 

Categorized in समाज