arin enterprises

‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेन

SamacharDesk | २०८० भाद्र २८, बिहिबार

अमेरिकी म्यागजिन ‘टाइम’ ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सन् २०२३ को विश्वका सय जना उदयमान व्यक्तिको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले ‘टाइम हन्ड्रेड नेक्स्ट’ सूचीमा बालेनको नाम पनि समावेश गरेको हो । स्वतन्त्र उम्मेदवार बनेर ३३ वर्षीय बालेनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोगबाट चुनाव जितेको म्यागजिनले उल्लेख गरेको छ ।

बालेनले सन् २०१५ को विनाशकारी भूकम्पको समयमा जनताका साना तथा अत्यावश्यक आवश्यकताको समाधानमा जोड दिएको पनि उल्लेख गरिएको छ ।

मेयर शाहले काठमाडौंको फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु¥याएको टाइम म्यागेजिनको विश्लेषण छ ।

मेयर शाहले काठमाडौंमा वर्षाैंदेखि भइरहेको अतिक्रमण भत्काइरहेको भन्दै म्यागेजिनले प्रशंसासमेत गरेको छ । टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ ।

आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार गरिंदै आएको छ।

Categorized in स्थानीय