बगलामुखी हाइट समाजको तेस्रो साधारणसभा सम्पन्न
SamacharDesk | २०७९ माघ १५, आइतबार

बुढानिलकण्ठ नगरपालिका वडा ११ स्थित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा ११ मा रहेको बगलामुखी मन्दिर परिसरमा समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले पुरानै समितिलाई चयन गरेको छ । अध्यक्ष मुकुन्द ढुंगाना, उपाध्यक्ष बालकृष्ण पौडेल, सचिव टिकालाल तामांग, कोषाध्यक्ष यम बहादुर लिम्बु, सदस्यहरुमा निम्तो शेर्पा, निमा शेर्पा, कामि डोमा शेर्पा, सुमन तामांग, गुरुङ रहेका छन ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले वडा ११ मा देखिएका खानेपानीको समस्यालाइ छिटो भन्दा छिटो नगरपालिकाले हल गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अधिकारीले टोलमा सिसि क्यामेरा उद्घाटन गर्दै पर्यटनको प्रबल सम्भावना रहेको यस क्षेत्रलाई मुख्य पर्यटकीय क्षेत्र बनाउने स्थानिय सरकारकै ध्यान रहेको जानकारी दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै बगलामुखी हाइट समाज उपभोक्ता समितिका अध्यक्ष मुकुन्द ढुंगानाले टोलमा भएका बिकास र गर्नुपर्ने कामको बारेमा जानकारी गराएका थिए ।
ढुंगानाले तत्कालको समस्या खानेपानी भएकोले नगरप्रमुखलाइ गम्भीरताका साथ लिन आग्रह समेत गर्नुभयो । बगलामुखी हाइट कोलनी रहेको टोलमा समितिले विभिन्न रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्दै गरेका काम र गर्नुपर्ने कामको निरीक्षण गरिएको थियो ।
समितिको तेस्रो वार्षिक साधारण सभामा प्रत्येक वर्ष प्रदान गर्दै आएको जेष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाइ प्रदान गरेको छ । कान्छा शेर्पा ३५ जना आरोही मध्य १ जीवित ९२ बर्षीय आरोही हुन् ।
समितिले साधारण सभामा वडा ११ का अध्यक्ष राजु अधिकारि ,वडा १० का अध्यक्ष नवराज भट्टराई,वडा १२ का अध्यक्ष शम्भु भट्टराई ,कपन प्रहरी प्रभाग प्रमुख कृष्णा बस्याल, मन्दिर ब्यबस्थापनका अध्यक्ष शशी अधिकारी,कपन संगीत सरोबरका अध्यक्ष रबि पौडेल,विन्ध्यवासिनी माहांकाल खानेपानी ब्यबस्थापनका अध्यक्ष कुल प्रसाद कोइराला लागएतलाइ समितिको तेस्रो साधारणसभामा सम्मान गरिएको थियो ।
Categorized in स्थानीय