बार्सिलोनाका अंशु फाती ब्राइटनमा अनुबन्धित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १६, शनिबार

बार्सिलोनाका फरवार्ड अंशु फाती ब्राइटनमा अनुबन्धित भएका छन् ।
इंग्लीस क्लब ब्राइटनले फातीलाई एक सिजनका लागि लोनमा अनुबन्धित गरेको हो । जसमा किन्न सकिने प्रस्ताव समावेश छैन ।
स्पेनबाट विश्वकप फुटबल टिममा स्थान बनाएका २० बर्षीय फातीलाई अनुबन्धनका लागि टोटनहम समेत इच्छुक थियो ।
तर फातीले ब्राइटनमा जाने निर्णय लिएका हुन् ।पहिलो पटक युरोपा लिगमा छनोट भएको ब्राइटनले युरोपेली फुटबलमा आफ्नो चुनौती पेश गर्दैछ ।
जसमा उसले समूह चरणमा अजाक्स, मार्सेली र एइके एथेन्ससँग प्रतिस्पर्धा गर्दैछ ।
फातीले बार्सिलोनामा स्थान बनाउन संघर्ष गर्दै आएका थिए । यस्तै फातीले बार्सिलोनासँग सन् २०२७ सम्मका लागि नयाँ सम्झौता गरेका छन् ।
Categorized in स्पाेर्ट्स