एट्लेटिको म्याड्रिड र बार्सिलोना बराबरीमा रोकियो ।
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २६, आइतबार

स्पेनिस ला लिगाको शीर्ष स्थानको एट्लेटिको म्याड्रिड र दास्रो स्थानको बार्सिलोना बीचको खेल बराबरीमा रोकिएको छ ।
शनिबार बार्सिलोनाको मैदान क्याप नाउमा भएको खेल गोलरहित बराबरीमा रोकिएको हो ।
यो बराबरीसँगै बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने अवसर गुमाउँदा शीर्ष स्थानको एट्लेटिकोले अग्रता बढाउने अवसर गुमाएको छ ।
त्यस्तै यो बराबरीले तेस्रो स्थानको रियल म्याड्रिडलाई फाइदा पुगेको छ । रियलले सोमबार चौथो स्थानको सेभियासँग खेल्नेछ ।
सो खेलमा जित हात पारे रियलले शीर्ष स्थानको एट्लेटिकोसँग अंक बराबरी गर्नेछ । यदि सेभियासँग पराजित भएमा रियलको उपाधि यात्रामा धक्का लाग्नेछ भने एट्लेटिको र बार्सिलोनालाई फाइदा पुग्नेछ ।
शीर्ष स्थानको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक छ । दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ भने तेस्रो स्थानको रियलको ३४ खेलबाट ७४ अंक छ ।
Categorized in स्पाेर्ट्स
