arin enterprises

बार्सिलोना तेस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २१, आइतबार

बार्सिलोना स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । गएराति आल्भेसलाई ३–१ गोल अन्तरले हराउँदै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको हो ।

बार्सिलोनालाई जिताउने क्रममा इल्के गुन्डोगानले शानदार प्रदर्शन गरे । उनले एक गोल गर्नुकासाथै थप गोलको अवसर सिर्जना गरेका थिए ।

खेलमा अग्रता बार्सिलोनाले २२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलमा लिएको थियो । गुन्डोगानले उपलब्ध गराएको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातमै पेड्रीको पासलाई सदुपयोग गर्दै गुन्डोगानले बार्सिलोनाका लागि दोस्रो गोल थपे ।

घरेलु टोलीका सामु ओमोरोडियनले ५१ औं मिनेटमा गोल गर्दै आल्भेसलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

तर केही बेरमा रोक फरेराले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । त्यसको ९ मिनेटपछि नै फरेरा रातो कार्ड खादै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।

तेस्रो स्थानम उक्लेको बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिड भन्दा ७ अंकले पछि छ ।

Categorized in स्पाेर्ट्स