arin enterprises

बार्सिलोना चौंथो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १६, सोमबार

स्पेनिस ला लिगामा बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ४–० गोल अन्तरले हराउँदै चौंथो स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा खेलको ३७ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

७३ औं मिनेटमा ओसुमाने डेम्बेलेले र ९० औं मिनेटमा लुक डी योङले गोल गरेपछि बार्सिलोनाको अग्रता तेब्बर बन्यो ।

त्यसपछि खेलको इन्जुरी समयमा मेम्फिस डीपेले गोल गर्दै बार्सिलोनालाई ४–० ले जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले २५ खेलमा ४५ अंक जोड्डै लिगको चौंथो स्थानमा उक्लिएको छ ।

यस्तै बिल्बाओ भने ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स