बार्सिलोनाले भिल्ला रियललाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र ११, सोमबार

स्पेनिस ला लिगमा बार्सिलोनाले जित निकालेको छ । आईतबार भएको खेलमा बार्सिलोनाले भिल्ला रियल माथि ४–३ को जित निकालेको हो ।
भिल्ला रियलको मैदानमा भएको रोमान्चक खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोलीले खेलको ५० औं मिनेटमा आइपुग्दा ३–२ को अग्रता लिएको थियो ।
जसमा घरेलु टोलीका लागि जुआन फोयथ, अलेक्जेन्डर सोरलोथ र एलेक्स बेनले लगातार तीन गोल गरेका थिए ।
बार्सिलोनालाई जित दिलाउन अन्तिम गोल भने रोबर्ट लेवान्डोस्कीले ७१ औ मिनेटमा गरे । त्यसअघि ६८ औं मिनेटमा फेरान टोरेसले गोल फर्काउँदा खेल ३–३ गोलको बराबरीमा आएको थियो ।
खेलको सुरुआतमै बार्सिलोनाले जाभी र फ्रेन्क डि जोङको गोलमा अग्रता बनाएको थियो ।
बार्सिलोनाले स्पेनिस लिगको सुरुआती तीन खेलबाट ७ अंक जोड्डै तेस्रो स्थानमा छ ।
यस्तै शीर्ष स्थानको रियल म्याड्रिडको ९ अंक रहेको छ ।
Categorized in स्पाेर्ट्स