arin enterprises

बार्सिलोना उपाधि होडबाट बाहिरियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३, सोमबार

बार्सिलोना ला लिगाको उपाधि जित्ने होडबाट बाहिरिएको छ ।

आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोना सेल्टा डी भिगोसँग २–१ को पराजित भएको हो ।

खेलको २८ औं मिनेटमा लियोनल मेस्सीको गोलबाट अग्रता  लिएको थियो । सर्जियो बुस्केट्सको क्रसमा मेस्सीले हेडमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा सेल्टा डी भिगोको सान्टी मिनाले गोल बराबरी गोल फर्कायो । यस्तै खेल सकिन एक मिनेट बाँकी छदाँ मिनाले अर्को गोल थप्दै सेल्टालाई जित दिलाए ।

उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो । तर यो पराजितसँगै ऊ उपाधि होडबाट बाहिरिएको छ । 

लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा छ ।

सेल्टा डी भिगोले ५३ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ ।

Categorized in स्पाेर्ट्स