arin enterprises

बार्सिलोनालाई १२ अंकको अग्रता

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र ६, सोमबार

स्पेनिस ला लिगाको अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ ।

गएराति भएको एल क्लासिको भिडन्तमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै  १२ अंकको अग्रता लिएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको रोमान्चक खेलमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले हराएको हो ।

खेलको नवौं मिनेटमा डिफेन्डर रोनाल्ड अरुजोले आत्मघाती गोल गरेपछि रियलले १–० को अग्रता बनाएको थियो ।

सेर्जी रोबर्टोले ४५ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्क केस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।

यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा २६ खेलमा ६८ अंक जोड्डै बलियो पकड जमाएको छ ।

रियल समान खेलमा ५६ अंक जोड्डै दोस्रो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स