arin enterprises

बार्सिलोना कोपा डेल रेबाट बाहिरियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ ११, बिहिबार

स्पेनिस कोपा डेल रेबाट बार्सिलोना बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलमा एथ्लेटिक क्लबसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।

एथ्लेटिकको घरेलु मैदानमा भएको खेलको निर्धारित समयमा दुई  २–२ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समाय धकेलिएको थियो ।

अतिरिक्त समयमा एथ्लेटिक्सले दुई गोल गर्न सफल भयो । अतिरिक्त समयमा नाकी विलियम्स र निको विलियम्सले एक–एक गोल गरे ।

यसअघि खेलको पहिलो मिनेटमै गोर्का गुरुजितले गोल गर्दै एथ्लेटिक्सलाई अग्रता दिलाए ।

रोबर्टाे लेवान्डोस्कीले २६ औं र लामिन यमालले ३२ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ बार्सिलोनाको अग्रतामा सकियो ।

दास्रो हाफ सुरु भएको चौथो मिनेटपछि नै  आइहान सन्केट गोल गर्दा खेल २–२ गोलको बराबरीमा आए ।

तर अतिरिक्त समयमा एथ्लेटिकले बाजि मार्यो ।

यसअघि लिगको शीर्ष तीनमा रहेका रियल म्याड्रिड र जिरोना पनि बाहिरिएका थिए ।

Categorized in स्पाेर्ट्स