बार्सिलोनाका स्टार डेम्बेले पीएसजीमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २८, आइतबार

फ्रान्सेली खेलाडी उसमान डेम्बेले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेका छन् ।
बार्सिलोनाका स्टार २६ वर्षीय खेलाडिलाई पीएसजीले ४३ दशमलव ५ मिलियन पाउण्डमा डेम्बेलेलाई क्लबमा अनुबन्धन गरेको हो । उनले लिग वान क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
केलियन एमबाप्पे, नेयमार जस्ता खेलाडीको भविष्य अनिश्चित बनिरहेको समय पीएसजीले डेम्बेलेलाई अनुबन्धन गरेको हो ।
सन् २०१७ मा डेम्बेले १ सय ३५ मिलियन पाउण्डमा बार्सिलोना गएका थिए । उनले १ सय ८५ खेलमा बार्सिलोनाका लागि ४० गोलमात्र गर्न सके ।
गत वर्ष विश्वकपमा चोट बोकेको डेम्बेलेले सिजनको दोस्रो भाग लगभग पुरै गुमाएका थिए ।
गत वर्ष बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका डेम्बेलेले दुई कोपा डेल रेको उपाधि जिते ।
बार्सिलोनाका प्रशिक्षक जाभीले अघिल्लो महिना डेम्बेलेले क्लब छाड्न चाहेको खुलाएका थिए ।
सन् २०१८ का विश्वकप विजेता खेलाडीले फ्रान्सका लागि ३७ खेल खेल्दा मात्र चार गोल गरेका छन् ।
Categorized in स्पाेर्ट्सHeureux d'être parisien!! J'arrive à Paris avec beaucoup d'envie et de plaisir pour affronter ce nouveau défi. On se voit bientôt ! #AllezParis pic.twitter.com/ltzFtkM9Kj
— Ousmane Dembélé (@dembouz) August 12, 2023
