arin enterprises

बार्सिलोनाको लगातार सातौं जित

SamacharDesk | २०८१ आश्विन १०, बिहिबार

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लगातार सातौं जित निकालेको छ ।

गएराति भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै बार्सिलोनाले आफ्नो शत प्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको हो ।

आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले १९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जितसँगै बार्सिलोनाले सिजनमा सात खेलबाट २१ अंक जोडेको छ । समान खेलबाट १७ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको एथ्लेटिक बिल्बाओको १३ अंक छ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS dahain 2081