arin enterprises

मैत्रीपूर्ण एल क्लासिकोमा बार्सिलोना विजय

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १४, आइतबार

मैत्रीपूर्ण एल क्लासिकोमा  बार्सिलोनाले विजय भएको छ । प्रि–सिजन टूर अन्तर्गत मैत्रीपूर्ण एल क्लासिकोमा बार्सिलोनाले रियल म्याड्रिडलाई ३–० ले हराएको हो ।

अगष्टमा सुरु हुने ला लिगाको नयाँ सिजन अघि दुवै टोली नयाँ सिजनको तयारीका लागि यूएस टूरमा रहेका छन् ।

खेलको १५ औं मिनेटमा उसमान डेम्बेलेको गोलसँगै बार्सिलोनाले अग्रता लिएको थियो । ८५औं मिनेटमा फिर्मिन लोपेज मार्टिनले बार्सिलोनाको अग्रतालाई दोब्बर बनाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई ३–० को शानदार जित दिलाए ।

Categorized in स्पाेर्ट्स