लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक ४, शुक्रबार

स्पेनिस ला लिगामा बार्सिलोना विजय भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० गोलले हराएको हो ।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । उनले खेलको ३१ औं र ३५ औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि अन्सु फातीले ३८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।
यो जितसँगै बार्सिलोनाले १० खेलमा २५ अंक जोड्डै स्थानमा रहेको छ । भिल्ला रियल १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स