ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जीत
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २४, मंगलबार

स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल निकालेको छ ।
गयराति भएको खेलमा बार्सिलोनाले भालडोलिड माथि १–० ले जित हात पारेको हो ।
घरेलु मैदानमा खेलेको बार्सिलोनाले खेलको अन्तिम समयमा मात्र गोल गरेको थियो ।
बार्सिलोनाको लागि डेम्बेलेले ९० औं मिनेटमा निर्णायक गोल गरे । डम्बेलेको लागि आरुजोले पास उप्लब्द गराएको थियो ।
त्यस्तै ७९ औं मिनेटमा अस्कर प्लानोले रातो कार्ड पाउदै मैदान छोड्न बाध्य भएपछि भालडोलिड १० खेलाडिमा सिमित हुनपुग्यो । उनले डेम्बेलेलाई फल गरेपछि रातो कार्ड पाएको हो ।
यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको म्याड्रिडसँगको अंकदुरी १ मा झारेको छ । २९ खेलमा ६५ अंकले बार्सिलोना दास्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै २९ खेलमा ६३ अंकले रियल म्याड्रिड तेस्रो स्थानमा छ भने समान खेलमा ६६ अंक जोड्दै एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा छ ।
बार्सिलोनाले अर्को खेल अब आइतबार रियल म्याड्रिडसँग खेल्ने छ ।
Categorized in स्पाेर्ट्स