जोन ग्याम्पर ट्रफी बार्सिलोनालाई
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २४, बुधबार

स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । मंगलबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहमलाई ४–२ गोलले हराउँदै बार्सिलोनाले ट्रफी आफ्नो पोल्टामा पारेको हो ।
स्पेनको लुइस कम्पनी ओलम्पिक स्टेडियममा भएको खेलको तेस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
टोटेनहमको ओलिभर स्किपले २४औं मिनेटमा बराबरी गोल फर्काए । स्किपले खेलको ३६औं मिनेटमा ब्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै पहिलो हाफमै टोटेनहमलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा बार्सिलोना खेलमा फक्र्यो । खेलको ८१औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए ।
९० औं मिनेटमा अन्सु फातीले गोल गर्दै स्पेनिस जायन्तलाई ३–२ को अग्रता दिलाए ।
खेलको इन्जुरी समयमा अब्दे इज्जलजौलीले गोल गर्दै टिमलाई ४–२ गोलको जित दिलाए ।
यो बार्सिलोनाको ४६ औं जोन ग्याम्पर ट्रफी उपाधि हो ।
Categorized in स्पाेर्ट्स