धुँवामा निस्सासिएर ३ बालकसहित ४ को मृत्यु
SamacharDesk | २०८० मङ्सिर ९, शनिबार

बर्दियाको गुलरिया–४ तुलापुरमा शुक्रबार राती आगलागी हुँदा आगोको धुँवामा निस्सासिएर ३ बालकसहित चार जनाको मृत्यु भएको छ ।
स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा बालबालिकासहित ४ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीले भरत चन्दको घरभित्र आगो लागेका कारण उनका दुई वर्षीया छोरा कार्तिक चन्द र ७ वर्षीय कृष चन्दको मृत्यु भएको जानकारी दिनुभयो ।
त्यस्तै भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको पनि निसास्सिएर मृत्यु भएको छ ।
आगलागीबाट घाइते २८ वर्षीया करिष्मा चन्दको जिल्ला अस्सपतालमा उपचार भइरहेको छ । आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो ।
मैनबत्तीबाट घर भित्र आगो बलेको र झ्याल ढोका सबै बन्द भएको हुँदा भित्र धुवाँ गुम्सिएका कारण बालबालिकासहित चार जनाको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
Categorized in समाज