arin enterprises

बेटिसलाई हराउँदै बार्सा शिर्ष स्थानमा

SamacharDesk | २०८० भाद्र ३१, आइतबार

स्पेनीस ला लिगामा रियल बेटिसलाई हराउँदै बार्सिलोनाको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राती सम्पन्न खेलमा बार्सिलोनाले बेटिसलाई ५–० गोलले हराएको हो ।

खेलको २५ औं मिनेटमा जोओ फेलिक्सले र ३२ औं रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पहिलो हाफमै दोब्बर अग्रताले अघि रहे ।

बार्साका लागि ६२ औं मिनेटमा फेरान टोरेसले गोल गर्दा ६६ औं मिनेटमा राफिन्हाले गोल थपे । ८१ औं मिनेटमा कान्सेलोले बार्सिलोनाका लागि पाँचौं गोल गरे ।

बेटिससँगको फराकिलो जितसँगै बार्साले पाँच खेलमा १३ अंक बनाउँदै शिर्ष स्थानमा रहेको छ ।

यस्तै पराजित बेटिस भने ५ खेलमा ७ अंकका साथ सातौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स