लाजियोलाई हराउँदै बायर्न क्वाटरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २३, बुधबार

च्याम्पियन्स् लिगमा जर्मनी क्लब बायर्न म्युनिख क्वाटरफाइनमा पुगेको छ । गएराति भएको दोस्रो लेगमा इटालीयन क्लब लाजियोलाई समग्रमा ३–१ ले हराँउदै बार्यनले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
पहिलो लेगमा १–०ले पछि परेको बायर्नले दोस्रो लेगमा ३–० को सहज जित निकाल्यो ।
घरेलु मैदानमा बायर्नलाई जिताउने क्रममा ह्यारी केनले दुई र थोमस मुलरले एक गोल गरे ।
३८ औं मिनेटमा केनले गरेको गोलवाट बायर्नले अग्रता लाएको थियो ।
मुलरले पहिलो हाफको इन्जुरी समयमा बायर्नको अग्रता दोब्बर बनाउए ।
६६ औं मिनेटमा केनलेब्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रोे गोल गरेका थिए ।
क्वार्टरफाइनलको खेलहरुको ड्र मार्च १५ मा हुनेछ ।
Categorized in स्पाेर्ट्स