arin enterprises

बायर्न म्युनिख हारबाट जोगियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ५, बिहिबार

युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिख हारबाट जोगिएको छ ।

बुधबार राति भएको खेलमा बायर्नले अष्ट्रियन क्लब एफसी साल्जवर्गसँग १–१ गोलको बराबरीमा खेल्दै हारबाट जोगिएको हो ।

साल्जवर्गको मैदान रेड बुल एरिनामा खेलको खेलको २१ औं मिनेटमा चुक्वुबुइके अँडमुले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर ९० औं मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै नतिजा साल्जवर्गसँग १–१ गोलको बराबरीमा ल्याएपछि बायर्न हारबाट जोगिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग मार्च ८ को रात लेग बायर्नको मैदान अलियंज एरिनामा हुनेछ ।

Categorized in स्पाेर्ट्स