वायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आश्विन २७, बिहिबार

जर्मनी क्लब वायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ ।
बुधबार राति भएको समूह चरण अन्तर्गतको खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोल अन्तरले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो ।
डुसन एरिनामा भएको खेलमा वायर्न साडियो मानेको गोलबाट अघि बढ्यो । उनले खलको १० औं मिनेटमा गोल गरेका थिए ।
१४ औं मिनेटमा थोमस मुलरले गोल गर्दा वायर्न दोब्बर अग्रताले अघि रह्यो । लियोग गोर्टेज्काले २५ औं र ३५ औं गोल गर्दै बायर्नलाई पहिलो हाफमै ४–० को अग्रता दिलाए ।
प्लेजेनको लागि ६२ औं मिनेटमा एडमले गोल गर्दै ४–१ को स्थितिमा ल्याए ।
७५ औं मिनेटमा जान क्लिमेन्टले गोल गर्दै प्लेजेनलाई खेलमा फर्काउन चाहे पनि वायर्न ४–२ ले विजयी भयो ।
यो जितसँगै समूह सी को वायर्नले ४ खेलमा १२ अंक सहित शीर्ष स्थानमा छ । प्लेजेन अंक विहीन रहदै पुछारमा छ ।
Categorized in स्पाेर्ट्स