बायर्न म्युनिख शीर्ष स्थानमा उक्लियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १९, आइतबार

जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ४–२ गोलले हराउँदै बायर्न शीर्षस्थानमा उक्लिएको हो ।
बायर्नको घरेलु मैदान अलायंझ एरिनामा भएको खेलको १३ औं मिनेटमा ग्रिगोर कोबेलको आत्मघाती गोलबाट बायर्न अग्रता बन्यो ।
१८ औं मिनेटमा थोमस मुलरले गोल गर्दा बायर्नको अग्रता दोब्बर रह्यो । मुलरले २३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोलगर्दा बायर्न पहिलो हाफमै ३–० ले अग्रता लिए ।
खेलको ५० औं मिनेटमा किङ्सले कोम्यानले गोल गरेपछि बायर्न ४–० ले अघि रह्यो । ७२ औं मिनेटमा इम्री क्यानले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई ४–१ को स्थितिमा ल्याए ।
डर्टमण्डका डोनएल मालेनले खेलको ९० औं मिनेटमा गोल गरे ।
बाँकि समयमा अर्को गोल हुन नसक्दा बायर्न ४–२ ले विजयी भयो ।
यो जितसँगै बायर्नले २६ खेलमा ५५ अंक जोड्डै शीर्ष स्थानमा छ ।
यस्तै डर्टमण्ड समान खेलमा ५३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स