arin enterprises

बोचुमसँग बायर्न स्तब्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण ७, सोमबार

जर्मनी बुन्डेसलिगामा बायर्न म्युनिखले पुन हार ब्यहोरेको छ । आइतबार बायर्नले बोचुमसँग ३–२ को हार ब्यहोरेको हो ।

पछिल्लो ९ दिनमा बायर्नको यो तेस्रो हार हो । जमाल मुसियालाको गोलमा पाहुना टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले खेलको १४ औं मिनेटमा गोल गरे ।

बोचुमका लागि ताकुमा असानोले ३८ औ र केवेन श्लोटरबेकले ४४ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई अग्रता दिलाएका थिए । केविन स्टोगरले पेनाल्टीमा गोल गर्दै बोचुमलाई ३–१ को अग्रता दिलाए ।

७८ औं डेयोट उपामेकानो दोहोरो पहेलो कार्ड खादै मैदान बाहिर गएपछि बायर्न १० खेलाडिमा सिमित रह्यो ।

ह्यारी केनले खेलको ८७ औं मिनेटमा गोल गरेपनि बायर्नलाई बोचुमसँगको हारबाट जोगाउन सकेनन् । केनले सिजनको २५ औं लिग गोल गरेपनि बायर्नलाई जिताउन पर्याप्त रहेन ।

बायर्न बुन्डेसलिगामा लगातार पछिल्लो ११ पटकको च्याम्पियन हो । तर यस सिजन बायर्न उपाधिमा हात खाली हुने सम्भावना देखिएको छ ।

थोमस टुचेल नेतृत्वको बायर्न लिग लिडर बायर लिभरकुसन भन्दा ८ अंकले पछि छ ।

बायर्न ५० अंक सहित तालिकाको दोस्रो स्थानमा रहदाँ बाचोम २५ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।

५८ अंक सहित लिभरकुसन शीर्ष स्थानमा छ ।

Categorized in स्पाेर्ट्स