arin enterprises

केनको ह्याट्रिकसँगै बार्यनको फराकिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण २७, आइतबार

जर्मनी बुन्डेसलिगामा बार्यन म्यनिखले फरकिलो जित निकालेको छ । गएराति बायर्नले मेन्जलाई ८–१ गोल अन्तरले हराएको हो ।

बार्यनलाई जिताउने क्रममा ह्यारी केनले ह्याट्रिक गरे । केनले डेब्यु सिजनमै बायर्नका लागि कीर्तिमानी चौथों ह्याट्रिक पुरा गरेको हो ।

खेलमा अग्रता बायर्नले १३ औं मिनेटमा ह्यारी केनको गोलमा लिएको थियो । लियोन गोरेत्जकाले १९ औं मिनेटमा बायर्नको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

मेन्जका नदीम अमिरीले ३१ औं मिनेटमा पाहुना टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

तर गोरेत्जकाको क्रसमा केनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बायर्नलाई ३–१को नतिजामा ल्याए ।

दोस्रो हाफको सुरुवातमै थोमस मुलरले गोल गरे । जमल मुसियालाले ६१ औँ र सर्ज नेब्रीले ६६ औँ मिनेटमा गोल गरेपछि बायर्नले खेलमा ६–१ को अग्रता लिए ।

खेलको ७० औं मिनेटमा केनले ह्याट्रिक पुरा गरे । योसँग केनले बुन्डेसलिगाको २५ खेलमा ३० गोल पुरा गरे ।

त्यस्तै खेलको इन्जुरी समयमा गोरेत्जकाले ब्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ८–१ को शानदार जित दिलाए ।

यो जितसँगै बायर्नले शीर्ष स्थानको बायर लिभरकुसेनसँगको दुरी ७ अंकमा झारेको छ ।

बायर्न लगातार १२ औं लिग उपाधिको खोजीमा रहेको छ । दोस्रो स्थानको बायर्नको ५७ अंक छ भने एक खेल कम खेलेको लिभरकुसेन ६४ अंक सहित शीर्ष स्थानको छ ।

मेन्ज १६ अंक सहित रेलिगेशन जोनमा छ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS buddhan jayanti 2082