बेल्जियम पनि युरोकप २०२४ मा छनोट
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २७, शनिबार

बेल्जियम पनि युरोकप २०२४ मा छनोट भएको छ । शुक्रबार अष्ट्रियालाई ३–२ गोल अन्तरले हराउँदै बेल्जियम आगामी बर्ष जर्मनीमा हुने युरोकपमा छनोट भएको हो ।
डोडी ल्युकबाकियोले १२ औं गोल गर्दै अग्रता दिलाए । पुनः ल्युकबाकियोले ५५ औं मिनेटमा गोल गर्दै बेल्जियमलाइ अग्रता दोब्बर पारे ।
रोमेलु लुकाकुले ५८ औं मिनेटमा गोल गर्दै बेल्जियमलाई ३–० को अवस्थामा पुर्याएका थिए ।
त्यसपछि घरेलु टोली अष्ट्रियाले लगातार दुई गोल गर्दै खेलमा फर्कने कोशिश गरेपनि सफल हुनभने सकेन ।
कोनराड लाइमरले ७२ औं मिनेटमा गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने कोशिश गरेका थिए । मार्सेल सबित्जरले ८४ औं मिनेटमा पेनाल्टीमार्फत गोलको अन्तरलाई ३–२ मा झारेका थिए ।
अमादो ओनाना ७८ औं मिनेटमा दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरीएपनि बेल्जियमले अग्रतालाई अन्तिम मिनेटसम्म जोेगाउन सफल रह्यो ।
बेल्जियम समूह एफमा १६ अंक सहित शीर्ष स्थानमा छ । उसले ६ खेलमा ५ जित र १ बराबरीको नतिजा आत्मसाथ गर्यो ।
उसले दोस्रो स्थानको अष्ट्रियासँग ३ अंकको अग्रता कायम राख्यो । तेस्रो स्थानको स्विडेनको मात्र ५ खेलबाट ६ अंक छ ।
योसँगै बेल्जियमले युरोकपको आयोजक जर्मनी, फ्रान्स र पोर्चुगलसँगै प्रतियोगितामा स्थान पक्का गरेको छ ।
Categorized in स्पाेर्ट्स