arin enterprises

डी ब्रुयने चम्केपछि पुनरागमन जित निकाल्दै बेल्जियम अन्तिम १६ मा

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ ४, शुक्रबार

 बेल्जियमले पुनरागमन जित निकाल्दै युरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा बेल्जियमले डेनमार्कलाई २–१ गोलले लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमा पाउलसेनले गोल गर्दै डेनमार्कलाई १–० को अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा केभिन डी ब्रुयने मैदान प्रवेश गरे पछि बेल्जियम खेलमा फर्कियो । 

खेलको ५५ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई १–१ गोलको बराबरीमा फर्काए । उनले केभिन डी ब्रुयने पासमा गोल गरे ।

त्यसपछि खेलको ७१ औं मिनेटमा ब्रुयनेले कप्तान हाजार्डको पासमा गोल गर्दै बेल्जियमलाई २–१ को जित दिलाए ।

यो जितसँगै बेल्जियमले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थान रहन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । 

Categorized in स्पाेर्ट्स