अग्रता जोगाउन नसक्दा बेल्जियम बराबरी रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ २९, आइतबार

यूईएफए नेसन्स लिग अन्तर्गत बेल्जियम बराबरीमा रोकिएको छ । शनिबार राति समूह चरणको खेलमा बेल्जियम वेल्ससँग १–१ गोलको बरबरिया रोकिएको हो ।
वेल्सको कार्डिफ सिटि स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
दोस्रोहाफको ५० औं मिनेटमा युरी टेलीमान्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए ।
८६ औं मिनेटमा खेलको ब्रेनान जोनसनले गोल गर्दै वेल्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
यो बराबरीसँगै लिग ए समूह ४ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्डै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
वेल्स ३ खेल १ अंक जोडेर पुछारमा रहेको छ ।
Categorized in स्पाेर्ट्स