arin enterprises

बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २७, सोमबार

रियल म्याड्रिडका स्ट्राइकर जुड बेलिङघम इङ्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका छन् । रियलका प्रशिक्षक कार्लो एन्सेलोटीले बेलिंघम इंग्ल्याण्ड टिमलाई उपलब्ध नहुने बताएका हुन् ।

अन्तराष्ट्रिय ब्रेक अघि इङ्ल्याण्डको मेडिकल टिमले बेलिङघमको मुल्यांकन गर्ने उल्लेख गर्दै एन्सेलोटीले इंग्लीस मिडफिल्डर राष्ट्रिय टिमबाट खेल्न नसक्ने बताए ।

उनले शनिबार ला लिगामा रियल मड्रिडले भ्यालेन्सियामाथि प्राप्त गरेको ५–१ को जितको खेल समेत गुमाएका थिए ।

बेलिङघमको नाम म्याच डेको टिममा प्रारम्भिक रुपमा राखिएको थियो । तर शनिबार उनको नाम टिमबाट हटाईएको थियो ।

उनले गत हप्ता रायो भालेकानोविरुद्धको खेलमा चोट बोकेका थिए ।

उनलाई इङ्ल्याण्डले समेत जाँच गर्ने र यदी उनी आज खेल्न सकेनन् भने राष्ट्रिय टिमबाट समेत खेल्न नसक्ने एन्सेलोटीले बताए ।

एन्सेलोटीकै अनुसार आफ्ना काँधको उपचारमा विशेष काम गरिरहेको र ब्रेकपछि उनी पुन खेल्न सक्नेछन् ।

यस महिना इङ्ल्याण्डले माल र नर्थ म्यासाडोनियाविरुद्ध युरो छनोटमा खेल्नेछ ।

चोट अघि बेलिङघमले रियलका लागि १३ खेलमा १३ गोल गरेका थिए ।

Categorized in स्पाेर्ट्स