arin enterprises

वनप्लस ११ मा एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्न सकिने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ५, शुक्रबार

वनप्लसको पछिल्लो फ्ल्यागशिप फोन वनप्लस ११ मा एन्ड्रोइड १४ को बेटा भर्सन प्रयोग गर्न सकिने भएको छ ।

चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लसले यो फोनमा एन्ड्रोइड १४ को बेटा भर्सन उपलब्ध भएको जनाएको हो ।

यसको अर्थ अब प्रयोगकर्ताले ’डेभलपर प्रिभ्यु प्रोग्राम’ अन्तर्गत आफ्नो वनप्लस ११ फाइभजी फोनमा एन्ड्रोइड १४ को अनुभव लिन सक्नेछन् ।

वनप्लसले गुगलसँग सहकार्य गरेर एन्ड्रोइड १४ उपलब्ध गराएको हो ।वनप्लस ११ फाइभजी ओप्पोले सार्वजनिक गरेको पछिल्लो फ्ल्यागशिप फोन हो ।

जुन अहिलेको शक्तिशाली चिपसेटका रूपमा परिचित स्न्यापड्रागन ८ जेन टुद्वारा सञ्चालित छ ।

फोनमा १६ जीबी र्‍याम, १२० हर्ज रिफ्रेश रेटसहित ६.७ इन्च सुपर फ्ल्युड एमोलेड डिस्प्ले, १०० वाट सुपर भोक चार्जर, थर्ड जेन ह्यासलब्लाड क्यामेरा रहेको छ ।

एन्ड्रोइड १४ गोपनीयता, सुरक्षा, पर्फर्मेन्स, डेभलपर प्रडक्टिभिटी तथा युजर कुस्टमाइजेसनमा केन्द्रित रहेको बताइएको छ ।

कम्पनीले गुगलसँग सहकार्य गरेर प्रयोगकर्तालाई एन्ड्रोइड १४ मा आधारित अक्सिजन ओएस पनि उपलब्ध गराउन काम गरिरहेको जनाएको छ ।

Categorized in विजनेस
SKIP THIS maharjan complex bumper adv