arin enterprises

भगवती पाण्डेविरुद्ध पक्राउ पूर्जी जारी

SamacharDesk | २०८० श्रावण १२, शुक्रबार

एक टेलिभिजन कार्यक्रमको अन्र्तर्वातामा विवादित अभिव्यक्ति दिएका अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जातीय भेदभावसहित दुईवटा कसुरमा अनुसन्धान गर्न पाण्डेविरुद्ध पुर्जी जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसरका अनुसार केही दिनअघि नै पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

उनीविरुद्ध चार दिनअघि तामाङ, मगर समुदायका व्यक्ति तथा संस्था, समूहले जाहेरी दिएका छन्। पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ।

अन्तर्वार्तामा अधिवक्ता पाण्डेले ‘हाडनाताभित्र विवाह हुँदा त्यसले उनीहरूबाट जन्मने बच्चामा दुष्प्रभाव पर्न सक्ने’ अभिव्यक्ति दिएकी थिइन्। हाडनाताभित्र हुने विवाहले अपराध बढाएको भनी अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिप्रति तामाङ घेदुङले आपत्ती जनाउँदै आएको थियो ।

समाजले ‘कुनै पनि जाति समुदायको विषयमा सार्वजनिक सञ्चारमाध्यमबाट अभिव्यक्ति दिँदा उक्त सुमदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलत रुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने भनी विज्ञप्ती जारी गरेको थियो ।

प्राइमटाइम टेलिभिजनको चिया गफ नामक टक शोमा अधिवक्ता पाण्डेले यस्तो अभिव्यक्ति दिएका थिए ।

Categorized in समाज