तीन दशकपछि हराएको भैरवको मुखौटा फिर्ता
SamacharDesk – राम डंगोल | २०८० माघ १२, शुक्रबार

तीन दशकअघि दोलखाको भीमेश्वर नगरपालिकाबाट हराएको दुई सुनौलो भैरवको मुखौटा नेपाल ल्याइएको छ ।
प्रधान परिवारको गुठीमा रहेको मुखौटा २०५० फागुन २२ गते र २०५१ फागुन २४ गतेदेखि हराइरहेको थियो । हराएका ती भैरव मुखौटा ४ डिसेम्बर २०२३ मा नेपालमा फिर्ता ल्याउन सफल भएको छ ।
लस्ट आर्ट अफ नेपालले अमेरिकाको रुबिन र डल्लास म्युजियममा उक्त मुखौटा भएको पत्ता लागेपछि गत २०७९ भदौ महिनाबाट मुखौटा फिर्ता ल्याउन प्रधान खलक तथा बिजय मान सिङ, प्रेमगोपाल महर्जन, नेवा गुथी न्यूयोर्क टिमका पदाधिकारीहरु प्रमाण जुटाउन लागिपरेपछि फिर्ता ल्याउन सम्भव भएको हो ।
खोजका क्रममा सुनौलो भैरव मुखौटा रुबिन म्युजियम अफ आर्टमा फेला परेलगत्तै यही गुठीबाट चोरिएको अर्को भैरव मुखौटा (हाथो द्यो) पनि डल्लास म्युजियम अफ आर्टमा फेला परेको थियो ।
भैरव मुखौटाको पुरानो तस्विरका आधारमा डल्लास म्युजियममा प्रदर्शनीमा राखिएको मुखौटा पहिचान भएको हो । स्थानीय अग्रजका अनुसार २७ वर्षअघिको इन्द्रजात्राका अवसरमा यी मुखौटा प्रदर्शनीमा थिए ।
चोरी गर्नेले दुई भैरवका टाउको मात्र काटेर लगेका थिए । भैरवको घाँटी भने मन्दिरमा त्यसै छाडिएको प्रधान खलकका पुजारीले बताए ।
दुई मुखौटामध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख छ । अभिलेख अनुसार यसको स्थापना १५५० साल हो । यसलाई भगवान् घरमा भने १६८९ सालमा स्थापना गरिएको थियो ।
दुवै भैरवको डिजाइन एकै किसिमको भएकाले एकै समयमा निर्माण भएको हुन सक्ने अनुमान गरिएको छ । आकारमा भने एउटा ठुलो र अर्को अलि सानो छ ।
यस्तै प्रधान परिवारमै हराएको करिब तीन दशकपछि गत जेठ २० गते बज्रधर मूर्ति कुलायनमा भिज्ञरयाइएको थियो । यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको सो मूर्ति पूजा तथा वैदिक विधिविधान गरी श्रेष्ठ परिवारको कुलायनमा भिज्ञरयाइएको थियो ।
हङकङमा भेटिएको सो मूर्ति छाउनी सङ्ग्रहालयबाट बुझी दोलखा ल्याइएको थियो । मूर्तिलाई बाजागाजासहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भिज्ञरयाइएको हो ।
Categorized in समाज