भक्तपुरमा सम्पदा यात्रा
SamacharDesk | २०८० श्रावण २०, शनिबार

भक्तपुर नगरपालिकाको आयोजनामा श्रावण २० गते शनिबार सांस्कृतिक सम्पदा पदयात्रा आयोजना गरेको छ ।
‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमको आयोजना गरेको हो ।
पर्यटन प्रवर्द्धनको लागि हुने सांस्कृतिक सम्पदा पदयात्रामा सरोकारवाला सबै पक्ष तथा नगरवासीहरूमा नगरपालिकाले उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।
विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरूबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले ऐतिहासिक एवम् सांस्कृतिक नगरी भक्तपुरको भ्रमणमा आउनुहुने आन्तरिक एवं बाह्य पर्यटकहरूलाई उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त पदयात्रा भक्तपुर नगरपालिका वडा नं ९ स्थित लामग पुखुबाट सुरु हुने र वडा नं १ स्थित न्हुः पुखु ९रानी पोखरी० मा समापन हुने भएको छ ।
सम्पदा पदयात्राका क्रममा सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिने भएको छ ।
सम्पदा पदयात्रा लामग पुखु – नगाँचा – ग्वंग पुखु – क्वाठडौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु) कालदह पुखु – नः पुखु – तः पुखु ९ सिद्ध पोखरी० – न्हु पुखु (रानी पोखरी) आदिको जानकारी गराईने जनाइएको छ ।
Categorized in समाज