arin enterprises

विश्वकपको रौनक सङ्गै सुरु भयो "भकुन्डो ब्याटल फेस्ट" 

SamacharDesk | २०७९ मङ्सिर २१, बुधबार

विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै भकुन्डो ब्याटल फेस्ट कम्पिटिसन हुने भएको छ ।

३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् । 

आर एन एस कृयसनले आयोजन गरेको कार्यक्रममा प्रतियोगीहरूले फुटबल खेलाडी पेले, मेरेडोना,  मेसी, रोनाल्डो साथै फिफामा सामेल भएका देश अर्जेन्टिना, ब्राजिललाई समर्थन गर्दै र्‍याप प्रस्तुत गर्ने छन् ।

प्रतियोगी मेक अर्जेन्टिना, भोइड पेले, रमन मेरेडोना, सेभेक ब्राजिल भएर स्टेजमा देखिने छन् । भकुन्डो ब्याटल फेस्टको पहिलो एपिसोड सार्वजनिक भइसकेको  छ जसमा ब्राजिलको समर्थनमा सेभेक भर्सेस अर्जेन्टिनाको समर्थनमा मेकले प्रस्तुति दिएका छन् । 

दर्शकको भोटको आधारमा प्रतियोगीहरू पहिलो, दोस्रो र तेस्रो हुनेछन् । र्यापरहरुलाई भोट गर्नका लागि दर्शकले अनलाइन एप दामी म्युजिकमा  इसेवा, आएमि पेबाट भोट गर्न सक्नेछन् ।

विजेता हुने प्रतियोगीले रु २५०००  पाउने छन् भने  सहभागीले रु १०००० पाउने छन् । कार्यक्रमको फाइनल रिजल्ट फिफा फाइनलको एक दिन अगाडि हुने छ ।

दर्शकले यस कार्यक्रमलाई डिस होमको ११२ च्यानल डी म्युजिक टिभीका साथै युट्युब च्यानल ओएसआर रियालिटीबाट हेर्न सक्ने छन् ।

साथै अडियो मात्र सुन्न चाहने दर्शकको लागि दामी म्युजिक एप र आइ ट्युन पनि रहेको छ ।

Categorized in पेजथ्री