arin enterprises

आममाफीविरुद्ध रिटको सुनुवाई भोलि

SamacharDesk | २०८० आश्विन १७, बुधबार

नेपालगञ्जमा दिनदहाडै खुँडा हानेर हत्या गर्ने रेगल भनिने योगराज ढकाललाई आममाफी दिएको विरुद्ध भारती मानन्धरले आजदेखि दुईघण्टा रिले अनसन सुरु गरेका छन् ।

भारती मानन्धरकी पति चेतन मानन्धरलाई रिगलले २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा खुँडा हाने हत्या गरेका थिए । जिल्ला अदालत बाँकेले सर्वस्वसहित जन्मकैद सुनाएका रिगललाई संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आमाफी दिएको थियो ।

सो कुराको सर्वत्र आलोचना भइरहेको छ । रिगललाई माफी दिएपछि मानन्धरकी पत्नी भारतीले त्यसको विरुद्ध सर्वाेच्च अदालतमा रीट समेत दायर गरेको छ ।

रिटको सुनुवाई भोलि हुने जनाइएको छ । हत्या गरिएका चेतन मानन्धरकी पत्नी भारतीले दिएको मुद्धालाई भोलिका लागि पेशीमा चढाइएको छ ।

माफी विरुद्ध रीट हालेकी भारती भने आज सर्वोच्च अदालतमा तारेख बुझ्न जाने क्रममा सर्वोच्च परिसरमै ढलेकी थिइन ।

तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै उनी ढलेकी हुन् । उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ ।

श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि उनी न्याय माग्दै काठमाडौं आएकी थिइन् ।

चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग रेगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

Categorized in राष्ट्रिय