arin enterprises

वीरले छुट्टाइयो निःशुल्क ७ सय शैय्या

SamacharDesk | २०८० आषाढ ९, शनिबार

वीर अस्पतालमा सर्वसधारणको लागि सातसय वटा निःशुल्क शय्या छुट्टाइएको छ ।

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई निशुल्क उपचार गर्नुपर्ने मापदण्ड अनुरुप अस्पतालले सात सय वटा शैय्या विपन्नहरुलाई छुट्याइएको हो ।

शुक्रवारदेखि लागु हुने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले सो निःशुल्क शय्याको व्यवस्था गरेको हो ।

अस्पतालका निर्देशक डा। सन्तोष पौडेलका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको हो ।

शय्याबापत आउने पैसाको शोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा। पौडेलले जानकारी दिए । यसअघि शय्यामा प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो।

अस्पतालमा क्याबिन, सघन उपचारकक्ष ९आइसियू० गरी नौ सय ६० शय्या रहेका छन ।

Categorized in स्थानीय