arin enterprises

६२औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

SamacharDesk | २०८० कार्तिक ११, शनिबार

६२ औँ विराट नेपालभाषा साहित्य सम्मेलन बिहीबार भक्तपुरको बिकुमछेँमा सम्पन्न भएको छ ।

सम्मेलनमा नेवाः अग्रज तथा साहित्यकार मल्ल के. सुन्दरलाई एक लाख नगद राशिसहित विराट पूर्ण वैद्य लुमन्ति सिरपाः प्रदान गरिएको छ ।

विगत ६२ वर्षदेखि निरन्तर रूपमा गर्दैआएको नेपालभाषा स्नातकोत्तर तह ने.सं. ११४२ र ने.सं. ११४३ तर्फ राकेश मान मास्के र अनिल स्थापितलाई विराट सुरत्न सिरपाः सम्मान तथा एसइईमा नेपालभाषा विषय लिई उत्कृष्ट अङ्क प्राप्त गर्ने आदर्श मावि थिमिका निकेश बसी श्रेष्ठलाई नेपालभाषा पदकसहित नगद राशि प्रदान गरिएको छ ।

त्यसैगरी सम्मेलनमा २८ जना साहित्यकारको साहित्यिक रचना समावेश भएको साहित्यिक प्रतिस्पर्धामा कवितातर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः जितेन्द्र श्रेष्ठ ‘रसिक’, दिलकुमारी डङ्गोल, ज्ञानेन्द्ररत्न बज्राचार्य, कथातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना क्रमशः बद्री बेदना, रेणु श्रेष्ठ, लक्ष्मीचन्द्र बज्राचार्य र ओम नरहरि श्रेष्ठ पुरस्कृत हुनुभयो ।

विराट गुथिको मुखपत्र ह्याउँबाला ३१ अङ्क विमोचन गरेको कार्यक्रममा वरिष्ठ गायककार जुजुकाजी रञ्जित, सत्यनारायण मानन्धर, पवित्र कसाः, नव प्रतिभा रफेला महर्जन र इन्द्रेणी सांस्कृतिक समाजले कार्यक्रममा साङ्गीतिक प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रम महेन्द्र गोपाल कर्माचार्यको अध्यक्षतामा वरिष्ठ साहित्यकार डा। योगेन्द्र प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

Categorized in समाज