arin enterprises

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

SamacharDesk | २०८१ कार्तिक ११, आइतबार

जागरुक स्वास्थ्य समूह नेपाल र सृष्टि महिला समूहको संयुक्त आयोजनामा शनिबार ललितुरको राजतीर्थमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

डेंंगु संक्रमण बढिरहेको समयमा रगतको अभाव हुन नदिन आकस्मिक रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

 जागरुक स्वास्थ्य समूह नेपालका अध्यक्ष सजनकुमार महर्जनले कोभिड संक्रमण तथा डेंगुको महामारीका समयमा रगतको अभाव हुन नदिन यस्ता आकस्मिक रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिइरहेको बताए ।

“रक्तदान जिवन दान” भन्ने भावना राखी उमेर पुगेका स्वस्थ नागरिकहरुले हरेक तीन/तीन महिनामा रक्तदान गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Categorized in समाज