arin enterprises

बुद्धजयन्तीको अवसरमा रक्तदान कार्यक्रम

SamacharDesk | २०८० बैशाख २२, शुक्रबार

२५६७औं बुद्धजयन्तीको पावन अवसरमा आज कालिमाटी फ्रेण्डशीप क्लबले रक्तदान तथा दन्त शिविरको आयोजना गरेको छ ।

रक्तदातन कार्यक्रममा कालिमाटीका जुझारु युवा तथा कालिमाटी क्षेत्र आसपासका व्यक्तिहरुले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम भएको थियो ।

देशमा दिनहुँजस्तो दिनदिनै दुर्घटनाहरु भइरहेको अवस्थामा रगतको अभाव हुन नदिन आपूmहरुले रक्तदान कार्यक्रम आयोजना गरेको आयोजकले बताए ।

सो अवसरमा निःशुल्क दन्त शिविर पनि संचालन गरेका थिए । जहाँ सानासाना बालबालिकादेखि वृद्धसम्मका दाँतको परिक्षण गरेका थिए ।

Categorized in समाज