रक्तदान कार्यक्रम सम्पन्न
SamacharDesk – समाचार श्राेत : विनाेद तुलाधर | २०७८ माघ २९, शनिबार

नेकपा एमाले रामेछाप नगर – काठमाडौं सम्पर्क मंचले काठमाडौंमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कोभिड १९ महामारीका कारण रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै मंचले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ब्लड डोनर्सएशोसिएसन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
अनामनगरस्थित मनोरञ्जन पार्कमा भएको रक्तदान कार्यक्रममा जम्मा ४० जना रक्तदाताले रक्तदान गरेका थिए ।
कार्यक्रममा ब्लोदानका केन्द्रिय पदाधिकारी तथा सदस्यहरुको पनि सहभागीता रहेको थियो ।
Categorized in समाज