arin enterprises

विभिन्न सम्मानसहित ब्लोदानको साधारण सभा सम्पन्न

SamacharDesk – बिराज | २०७७ माघ १९, सोमबार

ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) को २३औं साधारण सभा तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बैंकमा पैसा जम्मा गरेजस्तो आफुलाई चाहिने बेलामा निकाल्नका लागि नभई, कहिले पनि फिर्ता लिन नपरोस् भन्दै रक्तदान गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल रेडक्रश सोसाईटी केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ तरिकाले गुणस्तरीय रगत पाउन रगत संकलन पनि वृद्धि गर्नुपर्ने बताउनुभयो ।

पूर्व मन्त्री मोहनकुमार बस्नेतले ब्लोदानको कार्य संचालनको लागि २५ हजार रुपैयाँ सहयोगको प्रतिवद्धता पोख्नुभयो ।

ब्लोदानका केन्द्रीय अध्यक्ष ई. सानु बाबु प्रजापतिले विश्वभर फैलिएको कोराना महामारीमा रगत आवश्यक पर्ने विरामीहरुका लागि सहजरुपमा व्यवस्थापनका लागि ब्लोदानको आह्वानमा दुइ चरणमा १० वटा आकस्मिक रक्तदान कार्यक्रम गरेको बताउनु भयो ।

कार्यक्रममा विभिन्न सम्मान पनि प्रदान गरिएको थियो ।

ब्लोदान अफ दि इयरबाट ब्लोदानका केन्द्रीय सचिव उज्वल के.सी., ब्लोदानका सल्लाहकारको तर्फबाट केन्द्रीय सल्लाहकार ज्ञानुराजा महर्जन तथा रक्तसंचार सेवाको तर्फबाट नेरेसो भक्तपुर रक्तसंचार सेवाबाट प्राविधिक दामोदर मुनकर्मीलाई सम्मान गरिएको थियो ।

सभाको बन्द सत्रमा महासचिव केशब महर्जनले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मचाकाजी महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विधान शंसोधन मस्यौदा समितिबाट प्रस्तावित विधान शंसोधन प्रस्ताव आवश्यक छलफल पश्चात अनुमोदनसहित पारित गरियो ।

Categorized in समाज