arin enterprises

ट्वीटरको लोगोमा फेरी नीलो चरा फर्कियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २६, आइतबार

ट्वीटरको लोगोमा फेरी नीलो चरा नै फर्केको छ । गत सोमबार एलन मस्कले डजक्वाइनको लोगोमा भएको ‘शिव इनु’ प्रजातिको कुकुरलाई ट्वीटरको लोगो बनाएको थियो ।

लोगो परिवर्तन गरेको केहि दिनपछि एलन मस्कले ट्वीटरमा पुरानै नीलो चरो फर्काएका हुन् ।

कुकुर लोगो राख्दा उनले ट्वीटर मार्फत जानकारी दिए पनि हाल फेरी चरा नै राख्दा भने कुनै केहि मार्फत जानकारी दिइएको छैन् ।

कसैले उनले डजक्वाइनमाथि देखिएको विवाद अन्त्य गर्न कुकुरको लोगो राखेको आशंका गरिएको छ । मस्कले ट्वीटरको लोगो परिवर्तन गरेर कुकुरको फोटो राख्दा डजक्वाइनको शेयरमा ३० प्रतिशतले वृद्धि भएको थियो ।

कसैले भने ट्वीटरको लोगोमा देखीने नीलो चराको ठाँउमा कुकुर देख्दा ट्वीटर ह्याक भयो कि भन्ने आशंका गरेका थिए ।

यस्तै मस्कले मार्च २६ मा एक ट्वीटर प्रयोगकर्तालाई दिइएको वाचा अनुरूप लोगो परिवर्तन गरेको पनि बताइएको छ ।

उनले नीलो चराको ठाउँमा डजक्वाइनको लोगोमा भएको कुकुर किन राखे र किन हटाए भन्ने विषयमा भने केही स्पष्ट जानकारी दिएका छैनन् ।

 

Categorized in विज्ञान-प्रविधी